आठविसकोट नगरपालिका, रुकुम (पश्चिम) को १५ औँ नगर सभा (हिउँदे अधिवेसन) नगर प्रमुख रबि के सि को अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख श्री लुम्बीनि गौतम के.सी.को प्रमुख आतिथ्यता तथा पुर्व नगर उप प्रमुख गिता नेपालि , विभिन्न राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि हरु नेपाल पत्रकार महासङ का जिल्ला अध्यक्ष लगायत का सन्चार क्रमिहरु लगायत का अतिथि हरु को आतिथ्यता एवम् नगर सभाका सदस्य हरुको उपस्थिति सम्पन्न भएको छ । सभामा उपस्थित भयर रचनात्मक सुझाव दिनुहुने सबैमा हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्दछु ! नगर सभाबाट पारित भएका निर्णयहरुः-
१. आठविसकोट नगरपालिकाको आ.व.२०८०/०८१ को बजेट तथा कार्यक्रम संशोधन सहित पारित ।
२. आ.व. २०८०/०८१ को साउन १ गते देखि पुष मसान्तसम्मको आय व्यय सार्वजनिकरण तथा प्रगति समिक्षा सहित पारित ।
३. स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA), वित्तीय जोखिम सुशासन स्वमूल्याङ्कन (FRA), स्थानीय तह आर्थिक विकास मूल्याङ्कन (LED) को नतिजा कार्यक्रमको समिक्षा सहित पारित ।
४. आठविसकोट नगरपालिका, नगर कार्यपालिका, विषयगत समिति र अन्य विभिन्न समितिहरुले मिति २०८०/०४/०१ गतेदेखि हालसम्म विभिन्न मितिमा बसेको बैठकले पारित गरेका निर्णय, ऐन, नियम, निर्देशिका र अन्य कानून अनुमोदन सहित पारित ।
५. आठविसकोट नगरपालिकाको निसान छाप (LOGO) संशोधन सहित पारित !
६. पुनःनिर्माण सम्वन्धि प्रस्ताव पारित । नोट : निसान छाप सम्बन्धि प्रस्ताव सभामा भयको तर सुझाब सहित पारित भयकोले अहिले सार्वजनिक भयको निसान छाप मा केहि परिमार्जन भयर सार्वजनिक गरिनेछ !