संचारसंग अन्तरक्रिया

जाजरकोट रामिडाडा केन्द बिन्दु भएर बिनासकारि भुकुम्प गएको २ महिना पुरा भयो

About

 

जाजरकोट रामिडाडा केन्द बिन्दु भएर बिनासकारि भुकुम्प गएको २ महिना पुरा भयो ! भुकुम्प बाट ४४ जना नागरिकहरु नगरपालिका ले गुमाउनु का साथै ११७ घाइते हुनु भयो ! यो बिचमा हामिले सङ्घिय सरकार , प्रदेश सरकार , दातृ निकाय हरु , विभिन्न सङसस्था हरु तथा सहयोगी मन हरुको सहयोग बाट उद्दार , उपचार तथा राहत बितरन गर्यौ ! अस्थायी आवसका लागि आठबिसकोट नगरपालिका भरि क्षतिग्रस्त ९९६३ घर हरु का परिवार लाइ लाभग्राहि कायम गरि जिल्ला बिपद ब्यवस्थापन सग आवस्यक रकम माग गरेपछि जिल्ला बिपद ब्यवस्थापन समिति ले पहिलो किस्ता स्वरुप २५००० का दरले ७ ००० घर परिवार बराबरको रकम उपलब्ध गराय बमोजिम नगरपालिका ले ७००० जना लाभग्राहिहरुले रकम प्राप्त गरिसक्क्नु भयको छ ! बाकि रहेका लाभग्राहिहरुले जिल्ला विपद ब्यवथापन समिति बाट रकम नगरपालिका लाइ प्राप्त हुने बित्तिकै केहि दिन भित्र प्राप्त गर्नुहुनेछ ! क्षतिग्रस्त ५४ वटा बिधालयहरुमा अस्थायी शिक्षण शिकाइ केन्द स्थापना , केहि अस्थायी शौचालय निर्माण , अवरुध्द सडक मर्मत , केहि खानेपानी तथा सिचाइ कुलो मर्मत , मृतक तथा घाइते पशु उद्दार तथा उपचार लगायत का काम भयका छ्न ! विभिन्न राजनितिक दलहरु , सङसस्था हरु , र लाभग्राहि हरु आफै गरेर ५६०० अस्थायी आवसहरु निर्माण भैसकेका छ्न ! यसै सन्दर्भ मा आज सम्माननीय प्रधानमन्त्री ज्यूको प्रमुख आतिथ्यतामा तथा मन्त्रीज्युहरु , पुर्वमन्त्रि ज्यु हरु , कर्णाली प्रदेशका मुख्यमन्त्रीज्यु, माननीय ज्युहरु, स्थानीय सरकारका प्रमुख हरु, प्रमुख जिल्ला अधिकारी, विषयविज्ञ विभिन्न संघसंस्था प्रमुख, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार लगायत सरोकारवाला हरु सग पुनर्निर्माण सम्बन्धी बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भयको छ । यो कार्यक्रम ले पुननिर्माण सम्बन्धी निति निर्माण गरि कार्यान्वयन गर्न प्रभाकारि सहयोग पुग्नेछ !

सम्बोधन संचारसंग अन्तरक्रिया